Logo
|
Saturday 20th April 2024
Logo

epaper

उपत्यकामा बढ्यो वायु प्रदूषण, बिहान बेलुका घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अपिल



जनस्वास्थ्य सरोकार, काठमाडौं । उपत्यकाभित्रको बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर ननिस्कन अपिल गरेको छ ।

मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले स्वासप्रश्वासमा कठिनाई लगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकोले सावधानी अपनाउन अपिल गर्नु भएको छ । ‘घरबाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने रोकौं । घर भित्रै बसौं । घर भित्रै व्यायाम गरौं । बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिकहरुको विशेष ख्याल गरौं ।’ अपिलमा भनिएको छ । डा. अधिकारीले सावधानी अपनाउन जोड दिंदै खुला स्थानमा नबस्न, नखेल्न र मर्निङ वाकमा नजान आग्रह गर्नु भएको छ ।


अत्यावश्यक नभई सवारी साधन नचलाउन र पेशा,व्यवसाय निर्माण कार्य सुचारु गर्दा धुलो धुवाँ नउड्ने वा कम हुने व्यवस्था गर्न आग्रह गरिएको छ ।त्यस्तै फोहोरहरुको उचित व्यवस्थापन गर्ने तर फोहोर जलाउने कामलाई निरुत्साहित गर्न र बन्द गर्न अनुरोध गरिएको छ । धुलो, धुवाँ उड्ने खालका पेशा,व्यवसाय, निर्माण कार्य केहि दिनलाई स्थगन गर्न गराउन मन्त्रालयले अपिल गरेको छ । केहि दिनपछि त्यस किसिमका पेशा, व्यवसाय, निर्माण कार्य सुचारु गर्दा धुलो धुवाँ नउड्ने वा कम हुने व्यवस्था गराउन आग्रह गरिएको छ ।
घर बाहिर निस्कनै पर्ने अवस्था आएमा मास्कको अनिवार्य प्रयोग गर्न कोभिड १९ का लागि तोकिएका जनस्वास्थ्य मापदण्ड पालना गर्न गराउन अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्