Logo
|
Friday 26th April 2024
Logo

epaper

विद्यालयमा कोरोना जोखिम : ‘प्रविधिको प्रयोग गरौं’



प्रा.डा. विद्यानाथ कोईराला, शिक्षाविद्


जनस्वास्थ्य सरोकार ।
कोरोना संक्रमणको दृष्टिले विद्यालय जोखिम क्षेत्रमा पर्छ । हालै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा कोभिड १९ को संक्रमण र जोखिमको सम्बन्धमा बसेको बैठक पछि प्रेस विज्ञप्ति जारी गरियो । विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ को पूर्ण पालना अनुसरण गर्न अनुरोध गरिएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयले पनि भीडभाडमा नजानु भन्ने सन्देश सहितको प्रेस विज्ञप्ति जारी गरेको छ ।


तराई (मधेस) तिर भैंसिको अघि बिन बजाउने उखान निकै चर्चित छ । यो उखान यतिबेला संघमा रहेका मन्त्रालयमा लागू हुन्छ । विद्यार्थी चञ्चल हुन्छन् । चुप लागेर बस्नै सक्दैनन । शिक्षक कतै गएको देख्यो की खेल्न थालिहाल्छ ।

विद्यालयमा भौतिक दुरी कायम राखेर पढाउने खालको विद्यालयको संरचना पछि छैन । यो कुरा मन्त्रालयमा बस्नेले किन नबुझेको होलान् ? म अचम्म पर्छु


शिक्षकहरुलाई कसरी पढाउन सक्नुहुन्छ ? भनेर सोध्नु पर्छ । शिक्षकले अप्ठेरो महसुस गरिरहेको छ की छैन ? यो सोध्नुपर्छ । दुरी कायम राखेर पढाउन सक्नुहुन्छ की सक्नुहुन्न ? सुरक्षित तवरमा पढाउन सकिंदैन भने प्रविधिको सहारा लिनुपर्छ । अनलाईन, रेडियो, टेलिभिजन वा जुम विधिबाट पढाउने सम्बन्धि छलफल गर्न सकिन्छ । शिक्षकलाई छनौट गर्न दिनु पर्छ । कोहि विद्यार्थी विद्यालयमा आउँछन कोहि आउँदैनन भने आउने विद्यार्थीलाई दुरी कायम गरि पढाउने बन्दोबस्त गर्नु पर्छ । विद्यालय आउन नसक्नेलाई अनलाईनबाट पढाउनुपर्छ ।


(शिक्षाविद् कोइरालासँग गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्