Logo
|
Wednesday 24th April 2024
Logo

epaper

चीनले दिएको ८ लाख डोज खोप काठमाडौँ आइपुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज कोरोनाबिरुद्धको खोप काठमाडौँ आइपुगेको छ । खोप आज बिहान ८ः ४५ बजे नेपाल बायुसेवा निगमको वाइडबडी ए – ३३० विमानबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आईपुगेको हो ।

चीन सरकारले सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भाक्सिन (भेरोसेल) खोपको ८ लाख डोज नेपाललाई अनुदानमा दिएको हो।

प्रतिक्रिया दिनुहोस्