Logo
|
Friday 26th April 2024
Logo

epaper

देशभर थपिए १४१ संक्रमित, ८२ जना डिस्चार्ज



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ८२ जना कोरोनासंक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ६ सय १२ जना पुगेको छ। १ हजार ३ सय ४१ जना सक्रिय संक्रमित छन् भने ५६ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार २७ छ।

प्रतिक्रिया दिनुहोस्