Logo
|
Friday 26th April 2024
Logo

epaper

शरीरको उँचाइ बढाउन के गर्ने ? यस्तो छ उपाय



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सबैजसो मानिसलाई हट्टाकट्टा सलक्क ज्यान परेको मानिस मन पर्दछ । मानिस इच्छा आफू पनि यस्तै शरीर भएको हुन्थ्यो भन्ने । तर कतिपयमा भने उमेर पुग्दा समेत राम्रो उचाइ वृद्धि नभएको पाइन्छ । हुनत उचाइ बढाउने कुरा मानिसको वसमा हुदैन । यो मासिनको जिनमा निर्भर हुन्छ ।

हर्मोनको कारण मांशपेसी र हड्डीको बृद्धि हुने गर्छ । विशेषत किशोर अवस्थामा मानिसको उचाइ तीब्र रुपमा बढ्छ । यो समयमा पोषणयुक्त खानपान र उचित जीवनशैली अपनाएमा उचाइ बढाउन सकिन्छ ।

उचाइ बढाउने उपाय यस्तो छः

  • शरीरको सम्पूर्ण विकासका लागि सन्तुलित खानपान आवश्यक हुन्छ । यसकालागी हरियो सागसब्जी, फलफूल, प्रोटीन, कार्बोहाइड्रेटयुक्त खाना खानु पर्दछ । सब्जीमा सलगम, पालुङ्गो, गोभी, गाजर, ब्रोकाउली खानाले उचाइ बढाउन मद्दत पुग्दछ ।
  • उचाइ बढाउन किशोर अवस्थामा पर्याप्त निन्द्राको आवश्यक पर्दछ । कतिपयलाई थाहा नहुन सक्छ, निन्द्रामा समेत मानिसको उचाइमा बृद्धि हुन्छ । अध्ययन अनुसार सुतेको बखत बच्चाको उचाइ सबैभन्दा बढी बढ्छ । यतिबेला शरीरमा ह्युमन ग्रोथ हर्मोन अधिक मात्रामा स्राव हुन्छ । त्यसैले दैनिक ८ देखि ९ घण्टा मस्त निदाउनु पर्छ ।
  • उचाइ बढाउन किशोर अवस्थामा दुध र दुग्धजन्य पदार्थ सेवन गर्नु पदै । दुधमा क्याल्सियम पाइन्छ, यसले हड्डी बढाउने काम गर्छ । यसका साथै दुधमा भिटामिन ए र प्रोटिन पाइन्छ, जसले सम्पूर्ण शरीरको विकास गर्दछ । तसर्थ नियमित दुई गिलास दुध पिएमा वा दुग्धजन्य पनिर र दही सेवन गरेमा उचाइ बढाउन सहायक हुन्छ ।
  • भिटामिन डी पाउने सबैभन्दा सुलभ उपाय भनेको घाम ताप्नु नै हो । घामको किरणबाट भिटामिन डी मिल्दछ । यसले हड्डी बलियो बनाउनुका साथै हाडको लम्बाई पनि बढाउँछ । यस अलावा भिटामिन डी पाउन दुध, माछा, अण्डा, पनिर पनि सेवन गर्न सकिन्छ ।
  • उचाइ बढाउन व्यायाम र योगा समेत प्रभावकारी मानिन्छ । उचाइ बढाउन तीब्र गतिमा दौडनु राम्रो मानिन्छ । प्राकृतिक रुपमा उचाइ बढाउन योग पनि फाइदाजनक हुन्छ । सूर्य नमस्कार जस्ता योगले ग्रोथ हर्मोन्स स्राव हुन्छ ।
  • उचाई बढाउन आयुवेदिक औषधी अश्वगन्धा प्रभावकारी मानिन्छ । नियमित दुई चम्चा अश्वगन्धा चुर्ण एक गिलास दुधमा मिलाएर पिएमा उचाई बढाउन सहायक मानिन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्