Logo
|
Saturday 20th April 2024
Logo

epaper

देशभर थपिए १६७ जना कोरोना संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ६७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार १ सय ४० जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर १ सय ६७ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको छ । यही अवधीमा थप १ सय १५ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ७ सय २७पुगेको छ ।

चौविस घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ९० रहेको छ । क्वारेनटिनमा ५३ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्