Logo
|
Saturday 27th April 2024
Logo

epaper

बुधबार १६२ जनामा कोरोना संक्रमण, ५९ जना संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा बुधबार १६२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा ३९सय १९ पीसीआर परीक्षण गराउँदा १६२ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जसमध्ये काठमाडौंमा ५० भक्तपुरमा ४ र ललितपुरमा १३ जना गरी ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५९ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सहित नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७२ हजार ७८६ पुगेको छ।

नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म कोभिड–१९ का कारण तीन हजार ३० जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्