Logo
|
Thursday 18th April 2024
Logo

epaper

काठमाडौं प्रवेश गर्नेहरुको आकस्मिक कोरोना परीक्षण गरिने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले कोभिड संक्रमण बढ्न सक्ने भन्दै सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कुनै पनि जुलुस, भीडभाड, सभा, सम्मेलन, भेला रोक्न आग्रह गरेको छ । साथै जोखिमयुक्त क्षेत्रमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन मन्त्रालयले निर्देशन दिएको छ ।

काठमाडौं प्रवेश गर्नेहरुको आकस्मिक परीक्षण गर्ने निर्णय गरिएको छ । त्यसैगरी सबै सरकारी तथा निजी प्रयोगशालालाई तयारी अवस्थामा राख्न र सरकारी प्रयोगशालामा जनशक्ति आवश्यकता भएमा जनशक्तिका लागि थप रकम माग गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा देशभर थप १६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसैगरी मुलुकमा सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ४९३ छन् । मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्