चीनले सरकारबाट प्राप्त ‘भेरोसेल’ खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाउने सरकारको निर्णय
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज कोरोनाविरुद्धको सेरोभेल खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वाधारको हिसाबले देशका विभिन्न अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई यो खोप दिने तयारी थालेको हो ।
यसअघि सरकारले दोस्रो खोप अभियानअन्तर्गत ६५ वर्षभन्दामाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरेको थियो ।