Logo
|
Friday 26th April 2024
Logo

epaper

अनामनगरमा शनिबार बाथरोग, मधुमेह, थाइराइड र मिर्गौलाको निःशुल्क परीक्षण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँको अनामनगरचोकमा बाथरोग, मधुमेह, थाइराइड तथा मिर्गौला रोगको निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ ।

सिटी स्पेशलिटी हेल्थ क्लिनिकले आगामी चैत २१ गते (शनिवार) निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो । सो शिविरमा सीबीसी, इएसआर, सुगर, युरिक एसिड, क्रिटिनाइन, एसजीपीटी, आरए फ्याक्टर, यूरीन आदिको निःशुल्क जाँच गरिनेछ भने चिकित्सकको सिफारिस अनुसार औषधि वितरण समेत गरिने आयोजकले जनाएको छ ।

साथै थाइराइड जाँच (टिएसएच) रु १५०, मुटुको जाँच (इसीजी) रु १०० र अन्य जाँचमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको सिटी स्पेशलिटी हेल्थ क्लिनिकका प्रवन्ध निर्देशक मीना थापा मगरले जानकारी दिनुभयो ।
साथै त्रिवेणी युवा क्लब सहकार्यमा अनामनगर चोकमा रक्तदान कार्यक्रम समेत सञ्चालन हुने बताएको छ ।


सिटी स्पेशलिटी हेल्थ क्लिनिक र त्रिवेणी युवा क्लब, का.म.न.पा. वडा कार्यालय २९, शिखर युवा क्लब, कालिका महाबिर स्पोर्ट क्लब, वीर गणेशमान सिंह, नागरिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्