Logo
|
Thursday 25th April 2024
Logo

epaper

शुक्रबार थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौ । पछिल्लो २४ घण्टामा शुक्रबार थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १ हजार ६ सय ४७ जना रहेको छ ।

२४ घन्टामा १ सय ११ जना संक्रमणबाट मुक्त भएको छ । यो सँगै निको हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ रहेको छ ।

हाल क्वारेन्टाइनमा रहनेको संख्या ६१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६५ पीसीआर परीक्षण भएका छन् । हालसम्म भने १२ लाख ७९ हजार १ सय ५ पीसीआर परीक्षण भएको मन्त्रालयले जानकारी दिए । मृतकको संख्या भने २ हजार ३१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्