Logo
|
Saturday 27th April 2024
Logo

epaper

भारतमा एकैदिन एक लाख बढी कोरोना संक्रमित थपिए



भारतमा एकैदिन एक लाख बढी कोरोना संक्रमित थपिए, महाराष्ट्रमा कर्फ्यू र लकडाउन


जनस्वास्थ्य सरोकार, काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा बढ्दै गइरहेको छ । 

केही समययता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतका विभिन्न स्थानमा लकडाउन र रात्रिकालीन कर्फ्यू गरिएको छ । भारतको महाराष्ट्रमा एकदिनमा अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् । 

कोरोना संक्रमित धेरै फेला परेपछि आजदेखि त्यहाँको सरकारले रात्रिकालीन कर्फ्यू र सप्ताहन्तमा लकडाउन घोषणा गरेको छ। मुख्यमन्त्री उद्धव ठाक्रेले बैठक राखी आजदेखि लागु हुनेगरी रात्रिकालीन कर्फ्यू र सप्ताहन्तमा लकडाउन घोषणा गरेका हुन् । 

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ३ हजार ७ सय ९३ जना कोरोना संक्रमित फेला परेका छन् । यसअघि शनिबार भारतमा ९२ हजार ९९४ जना संक्रमित फेला परेका थिए । हालसम्म भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड २५ लाख ८७ हजार ९ सय २० पुगेको छ ।  

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ४ सय ७७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार १ सय ३२ जना पुगेको छ । यस्तै भारतमा १ करोड १६ लाख ७९ हजार ९ सय ५८ संक्रमणमुक्त भएका छन् । 

भारतको महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा पछिल्लो समय कोरोना संक्रमण फैलिएको छ । 

प्रतिक्रिया दिनुहोस्