Logo
|
Friday 19th April 2024
Logo

epaper

कोरोना संक्रमण दर ह्वात्तै बढ्यो, देशभर २ सय ६६ जनामा संक्रमण पुष्टि



?

जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । बितेका २४ घण्टामा देशभर २ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या सोमबारको तुलनामा १ सय भन्दा बढी हो । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित छन्।

सो अवधिमा १ सय २ जना कोरोना संक्रमणमुक्त भएका छन । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ३ सय ४२ जना पुगेको मन्त्रालयले जनाएको छ। २४ घण्टाको अवधिमा ४ जना कोभिड संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३६ पुगेको छ । देशभर सङ्क्रमण बढेकाले काठमाडौं प्रवेश गर्ने प्रत्येक नाकामा अबदेखि कोभिड १९ को एन्टीजेन परीक्षण हुने भएको छ।

आज काठमाडौँ जिल्ला कोभिड १९ नियन्त्रण तथा रोकथाम समितिको बैठकले परीक्षणको लागि प्रत्येक नगरपालिकाले डेस्क राख्ने निर्णय गरेको हो। परीक्षणको लागि आवश्यक पर्ने सामाग्री भने जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराउने भएको छ।

प्रतिक्रिया दिनुहोस्