Logo
|
Saturday 27th April 2024
Logo

epaper

मंगलबार थपिए २६० जना कोरोना संंक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४२ सय ४३ जनाको पीसीआर परीक्षण भएकोमा २६० जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा ११३ जना कोरोना संक्रमण मुक्त भएका छन । नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७८ हजार ४७० पुगेको छ । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोभिड–१९ का कारण तीन हजार ३६ जनाले ज्यान गुमाइसकेका छन् । अहिले सक्रिय संक्रमितको संख्या १९ सय ७९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्