Logo
|
Wednesday 24th April 2024
Logo

epaper

कोरोनाविरुद्धको दोस्रो डोज खोप वैशाख ७ देखि, कसको पालो कहिले ?



जनस्वस्थ्य सरोकार, काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्धको पहिलो अभियानअन्तर्गत पहिलो चरणमा खोप लगाएकालाई आउँदो वैशाख ७ गतेदेखि दोस्रो डोज दिने भएको छ ।


स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को सोमबारको बैठकले वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज खोप दिने निर्णय गरेको हो ।

पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारलाई दोस्रो डोज खोप दिन लागिएको हो ।

कसको पालो कहिले ?
माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाहरुको पालो वैशाख ७ गते ।
माघ १८, १९, २०, २१ र २७ गते खोप लगाएकाहरुको पालो वैशाख ८ गते ।
माघ २२, २३, २४, २८ र फागुन २ गते खोप लगाएकाहरुको पालो वैशाख ९ गते ।
माघ २९, फागुन ३, ४, ५ र ६ गते खोप लगाएकाहरुको पालो वैशाख १० गते ।
माघ ३०, फागुन ७, ८, ९ र १० गते खोप लगाएकाहरुको पालो वैशाख ११ गते ।

प्रतिक्रिया दिनुहोस्