Logo
|
Thursday 28th March 2024
Logo

epaper

त्रिवि शिक्षण अस्पतालमा अत्याधुनिक आईसीयू सेवा शुरु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमण तथा अन्य संक्रामक रोगहरुलाई लक्षित गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अत्याधुनिक सेवासहितको सघन उपचार कक्ष (आईसीयू) सेवा सुरु भएको छ ।

मंगलबार त्रिवि शिक्षण अस्पतालमा आयोजित उद्घाटन कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा। डा। धर्मकान्त बास्कोटाले आईसीयू भवनको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै उपकुलपति बास्कोटाले आइसीयू भवनलाई पूर्ण रुपमा संचालनमा ल्याउन अवश्यक पर्ने श्रोत साधनको छिटै व्यवस्थापन गरिने बताउनुभयो ।

करिब पौने ६ करोडको लागतमा बनेको आईसीयू भवनमा १२ शैय्या रहेका छन् । शैय्यालाई छुट्टै क्याबिन बनाइएको छ । जसमा आधुनिक मोनिटर तथा उपकरणहरु जडान गरिएका छन् । क्याबिनभित्र रहेका बिरामीमा भएको संक्रमण स्वास्थ्यकर्मीहरुमा नसरोस् भनेर नेगेटिभ प्रेसर र छुट्टै क्युबिकल्सहरु जडान गरिएका छन ।

यस्तो आधुनिक आइसीयू नेपालमा पहिलोपटक संचालनमा अएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा निर्माण गरिएको आइसीयूमा रहेका शैय्या विद्युतद्वारा संचालित छन् । बिरामीले पन्ध्र सयमा आईसीयू सेवा लिन सक्ने अस्पताल प्रशासनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्