Logo
|
Friday 26th April 2024
Logo

epaper

कोभिड-१९ विरुद्धको चिनियाँ खोप आजदेखि, यी हुन् खोप केन्द्र



जनस्वस्थ्य सरोकार, काठमाडौँ । चीनले अनुदान सहयोगमा दिएको कोभिड १९ विरुद्धको खोप आजदेखि लगाइने भएको छ। चीनले दिएको ८ लाख डोज खोप आजदेखि २३ वटा खोप केन्द्रबाट लगाइने भएको हो।

सरकारले पढ्न चीन जाने विद्यार्थी र चीनतर्फको सामान व्यापार गर्ने व्यापारीलाई प्राथमिकतामा राखेको छ।

चीन सरकारले चीनियाँ खोप नलगाएका नागरिकलाई चीन प्रवेश नदिने घोषणा गरेसँगै चीन जाने विद्यार्थी र व्यापारी प्राथमिकतामा परेका हुन्।

यी हुन् २३ खोप केन्द्र

वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मिनभवन, राष्ट्रय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुर, नेपाल मेडिकल कलेज अत्तरखेल।

काठमाडौं मेडिकल कलेज सिनामंगल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारी, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बु, नेपाल प्रहरी अस्पताल पानीपोखरी।

ओम अस्पताल चाबहिल, क्षेत्रपाटी निस्शुल्क चिकित्सालय क्षेत्रपाटी, भक्तपुर नेपाल कोरिया मैत्री अस्पताल ठिमी, भक्तपुर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन।

किष्ट मेडिकल कलेज ललितपुर, आनन्दवन अस्पताल ललितपुर, धुलिखेल अस्पताल काभ्रे, त्रिशुली अस्पताल नुवाकोट, बाह्रविसे अस्पताल सिन्धुपाल्चोक र रसुवा जिल्ला अस्पताल।

प्रतिक्रिया दिनुहोस्