Logo
|
Friday 29th March 2024
Logo

epaper

कोभिडविरुद्धको खोप ‘भेरोसेल’ लगाउन शुरु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले बुधबार (आज) बाट चीनको अनुदानमा प्राप्त ८ लाख डोज कोभिडविरुद्धको खोप ‘भेरोसेल’ लगाउन शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो खोप १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइने जनाएको छ ।

बुधबार काठमाडौंको बानेश्वरस्थीत नागरिक अस्पतालमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोनोबिरुद्धको खोप हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरणपछि उक्त खोप लगाउन सुरु गरिएको हो ।

खोप हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यान्छीले चीन र नेपाल निकै नजिकको मित्र भएकाले कोरोना महामारीमा चीनले नेपाललाई खोप सहयोग गरेको बताउनुभयो ।

उहाले अहिले ८ लाख डोज उपलव्ध गराएको भन्दै यसले लक्षितबर्गलाई कोराना महामारीबाट जोगाउन मद्धत पुग्ने धारणा पनि राख्नुभयो । त्यस्तै उहाले बिश्वमा दोश्रो चरणको कोरोना महामारी देखिएको भन्दै यसको रोकथाम निकै चूनौती देखिएको जिकिर गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लाका २३ स्थानमा मात्रै दिइने छ । दुई डोज दिनु पर्ने भएकोले यस अभियानमा करीब ४ लाखले खोप पाउने छन् ।

महाशाखाका अनुसार यो खोप १८ देखि ५९ बर्ष उमेर समूहका प्राध्यापकहरु, चीनमा छात्रबृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरु, चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले पाउने छन् ।

यस्तै अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफुल, तरकारी लगायतका व्यापारीले पनि खोप पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्