Logo
|
Friday 19th April 2024
Logo

epaper

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन एक्सपर्ट विधिबाट पनि कोरोना परीक्षण हुने भएको छ। यो सेवा बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म उपलब्ध हुने छ ।
प्रयोगशालाले आज एक सुचना जारी गर्दै छिटो रिपोर्ट चाहिनेहरुका लागि यो विधिबाट कोरोना परीक्षण सेवा सुरु गरेको जनाएको छ ।यो विधिबाट परीक्षण गरिएको नमुनाको रिपोर्ट तीन घण्टामा आउने छ।

प्रयोगशालाले जारी गरेको सूचनामा भनिएको छ-‘यो सेवाको प्राप्तिका लागि तुरुन्त उपचार गर्नुपर्ने अवस्था भनि चिकित्सक तथा अस्पतालको सिफारिस अनिवार्य हुनेछ।’ यो विधिबाट परीक्षण गर्दा एक हजार शुल्क लाग्ने छ।

प्रतिक्रिया दिनुहोस्