Logo
|
Thursday 25th April 2024
Logo

epaper

कोरोना उकालो चढ्दै, एकैदिन ३३९ जना संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार १ सय जनाको पीसीआर परीक्षण गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएकोमा ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १३२, ललितपुरमा २६ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको छ ।

आज देशभर २ हजार २०१ सक्रिय संक्रमित रहेका छन् । ६५ जना आइसीयू र १३ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । आज ७४ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्