Logo
|
Thursday 25th April 2024
Logo

epaper

एस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या ‘निकै दुर्लभ’



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोनाभाइरसविरुद्धको एस्ट्राजेनेका खोप लगाएपछि रगत जम्ने अस्वाभाविक अवस्थालाई एकदमै दुर्लभ असरका रूपमा सूचीकृत गरिनुपर्ने युरोपेली सङ्घमा औषधीहरूको नियमन गर्ने निकायले जनाएको छ।

युरोपमा देखापरेका त्यस्ता ८६ वटा अवस्थाबारे अध्ययन गरेपछि युरोपियन मेडीसीन्स एजेन्सी (ईएमए)ले खोप लगाएपछिका जोखिमभन्दा फाइदा बढी रहेको निष्कर्ष निकालेको छ।

उक्त प्रतिवेदनले करिब २ करोड ५० लाख युरोपेलीहरूलाई दिइएको खोपबारे तथ्याङ्क केलाएको थियो।

ईएमएले जोखिमका निश्चित कारक भने सूचीकृत गरेको छैन तर रगत जमेको अधिकांश अवस्था ६० वर्ष मुनिका महिलाहरूमा देखिएको बताइएको छ।

यूकेको खोपसम्बन्धी निर्देशन समितिले रगत जम्ने समस्याका कारण ३० वर्ष भन्दा मुनिका मानिसहरूलाई आस्ट्राजेनेकाको सट्टा अन्य खोप दिइनुपर्ने बताएको छ।

यूकेमा मार्च महिनाको अन्त्यसम्ममा खोप लगाएका ७९ जनामा रगत जम्ने दुर्लभ समस्या देखिएको थियो जसमध्ये १९ जनाको मृत्यु भयो।

विश्व स्वास्थ्य सङ्गठनले बुधवार रगत जम्ने समस्याको सम्भावना रहे पनि त्यसको पुष्टि नभएकोुु र विश्वव्यापी रूपमा २० करोड मानिसहरूले एस्ट्राजेनेका खोप लगाएकामा त्यस्तो समस्या भने निकै दुर्लभु रहेको जनाएको छ।

हालसम्म विश्वव्यापी रूपमा कोरोनाभाइरसबाट १३ करोड २० लाख मानिसहरू सङ्क्रमित भएका छन्।

जोन्स हप्किनस् विश्वविद्यालयका अनुसार कोभिड(१९ बाट २८ लाखभन्दा बढीले ज्यान गुमाएका छन्।

ईएमएकी कार्यकारी निर्देशक इमर कुकले, उमेर, लिङ्ग वा रगत जम्ने समस्या पहिले नै भएको अवस्था जस्ता जोखिमका कुनै निश्चित कारक हुनसक्नेुु बारे भने कुनै प्रमाण फेला नपरेको बताएकी छन्।

सुरक्षाका विषयमा उनले भनिन् ‘हाम्रो सुरक्षा समितिले पुष्टि गरेको छ कि आस्ट्राजेनेका खोपले कोभिड १९ बाट बचाउने कुराले यसका असरलाई ओझेलमा पार्छ।’

उनले थपिन् ‘यो खोप निकै प्रभावकारी देखिएको छ। यसले गम्भीर बिरामी हुन र अस्पताल भर्ना हुनबाट जोगाउँछ र यसले ज्यान जोगाइ रहेको छ।’ बीबीसी

प्रतिक्रिया दिनुहोस्