Logo
|
Friday 26th April 2024
Logo

epaper

शैक्षिक क्षेत्र कोरोनाको हटस्पट हुने सम्भावनाः शैक्षिक संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्था बन्द गर्न कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) लाई सिफारिस गरेको छ । नयाँ प्रजातिको भाइरस तीव्र गतिमा फैलिन थालेको भन्दै मन्त्रालयले सो सिफारिस गरेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार, विद्यालय उमेर समूहका बालबालिकामा संक्रमण बढ्दै गएको पाइएको छ । शैक्षिक क्षेत्र कोरोनाको हटस्पट हुने देखिएकाले तत्काल बन्द गरी अनलाइन पठनपाठनलाई नियमित गर्नुपर्ने उहाँको भनाइ छ ।

हाल ८ चैत्रयता दुई सयभन्दा बढी बालबालिका संक्रमित भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्