Logo
|
Friday 26th April 2024
Logo

epaper

संसदीय समितिद्धारा अनलाइन माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन



जनस्वास्थ्य सरोकार, काठमाडौँ — संसदीय समितिले तत्काल भौतिक उपस्थितिमा हुने सिकाई बन्द गरी अनलाइन वा वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

बालबालिकाहरु कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सञ्‍चालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो । अत्यधिक जोखिमको वर्गमा रहेका बालबालिका तथा युवाहरुको जीवनरक्षाका लागि आज समितिले निर्देशन दिएको छ ।

साथै राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिको शुक्रबारको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भइसक्दा पनि विद्यालय सञ्चालकहरुले विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको र त्यसले बालबालिकामा संक्रमणको जोखिम बढाएको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्