Logo
|
Friday 26th April 2024
Logo

epaper

तीन हजार भाइल रेम्डिसिभिर औषधि आज राजधानी आइपुग्दै, रेम्डिसिभिरको अभाव आजबाट कम हुने

एक महिना भित्र १ लाख ३० हजार भाइल आइसक्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड १९ संक्रमित बिरामीहरुको उपचारकालागि प्रयोग गरिने रेम्डिसिभिर औषधिको हाहाकार भइरहेकै बेला तीन हजार भाइल औषधि आज काठमाडौँ आइपुग्दै छ ।


औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले आजै तीन हजार भाइल रेम्डिसिभिर आइपुग्ने जानकारी दिनुभयो । उहाँले आजै सो औषधि वितरण गरिने समेत जानकारी दिनुभयो । उहाँले रेम्डिसिभिरको अभाव आजबाट न्युनिकरण हुँदै जाने स्पष्ट पार्नुभयो ।


सो औषधि ब्याक्सिमो फर्मास्युटिकल्स प्रा.लि. बंगलादेशको हाम्रो मेडिसिन डिस्ट्रिव्युटर्सले आपुर्ति गरेको हो । सो औषधि बिरामीले ४ हजार ९ सयमा प्राप्त गर्ने छन् ।

भोलि पनि बंगलादेशकै इन्सेप्टा कम्पनिको ४ हजार भाइल रेम्डिसिभिर औषधि भित्रिने केसीले जानकारी दिनुभयो ।
दुइचार दिनमा रेम्डिसिभिर औषधि पर्याप्त उपलब्ध हुने उहाँको भनाई छ ।

औषधि व्यवस्था विभागले १ लाख ३० हजार भाइल भन्दा बढी रेम्डिसिभिर औषधि आपुर्तिका लागि विभिन्न आयातकर्तालाई अनुपति प्रदान गरेको छ । सो औषधि एक महिना भित्र सबै नेपाल आइपुग्ने केसीले बताउनुभयो ।


भारतबाट निर्यात प्रतिबन्ध भएका कारण रेम्डिसिभिर औषधि आपुर्तिमा असहज भएको थियो । अहिले बंगलादेशको हेल्थकेयर, एसिआइ, इन्सेप्टा, बेकोन र ब्याक्सिमो फर्मास्युटिकल्सका उत्पादन आपुर्तिका लागि विभागले स्वीकृति प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्