Logo
|
Thursday 28th March 2024
Logo

epaper

रेम्डिसिभिर औषधि मुलुकका ५० हस्पिटलले २६ सय भाइल प्राप्त गरे (विवरणसहित)

रेम्डिसिभिर औषधि उपलब्धतामा राजधानी बाहिरका अस्पताल उपेक्षित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज अपरान्ह राजधानी आइपुगेको कोभिड १९ संक्रमित बिरामीहरुको उपचारकालागि प्रयोग गरिने रेम्डिसिभिर औषधि वितरण गरिएको छ । मुलुकभरका ५० वटा स्वास्थ्य संस्थालाई २ हजार ४ सय ९ भाइल र सोझै बिरामीलाई २०० भाइल वितरण गरिएको छ । रेम्डिसिभिरको अधिकांश वितरण काठमाडौं केन्द्रित छ । राजधानी बाहिर निकै थोरै मात्रामा वितरण गरिएको छ नि भन्ने जनस्वास्थ्य सरोकारको जिज्ञासामा औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भोलि आउने ४ हजार भाइल राजधानी बाहिर केन्द्रित गर्ने जानकारी गराउनुभयो ।

कुन हस्पिटलले कति भाइल रेम्डिसिभिर प्राप्त गरे ?

त्रि.बि. शिक्षण अस्पताल महाराजगञ्ज १३५, नेपाल पुलिस हस्पिटल १०८, ग्रान्डी हस्पिटल ५४, चियायु नेशलन हस्पिटल, ५४, केडिसी २७, भक्तपुर हस्पिटल २७, मध्यपुर हस्पिटल १२, ह्याम्स हस्पिटल १०८, बी एण्ड बी ५४, नर्भिक ५४, शहीद शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पताल १०८, काठमाडौं मेडिकल कलेज ५४, हेल्पिङ ह्यान्स सामुदायिक हस्पिटल २७, ओम हस्पिटल ५४, निदान हस्पिटल ५४, मेडिकेयर हस्पिटल ५४, बयोधा हस्पिटल १२, ग्रिनसिटी हस्पिटल ५४, खांग्री हस्पिटल १२, मनमोहन मेमोरियल हस्पिटल २४, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र १२? नेपाल आर्मी हस्पिटल ५४, नेपाल शसस्त्र प्रहरी अस्पताल ५४, सुमेरु सिटी हस्पिटल १८, मेडिप्लस १२, कोरियन मैत्री हस्पिटल १२, शिर मेमोरियल १२, बीर हस्पिटल ५४, मेडिसिटी हस्पिटल १०८, नेपाल मेडिकल कलेज १२, पाटन हस्पिटल ५४, स्टार हस्पिटल १२, मेघा हस्पिटल २७, सिभिल सर्भिस हस्पिटल १०८, नेपाल नेशनल हस्पिटल ५४, नारायनी उपक्षेत्रीय हस्पिटल ५४, भरतपुर १८, फिस्टेल हस्पिटल पोखरा २७, कीर्तिपुर हस्पिटल २७, दीर्घायु गुरु हस्पिटल २७, काठमाडौं मोडेल हस्पिटल २७, लुम्बिनी लुम्बिनी प्रादेशिक अस्पताल १०८, युसिएमएस ५४, राप्ती उपक्षेत्रीय अस्पताल ५४, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर १०८, स्वास्थ्य सेवा विभाग १०८, सिविक हस्पिटल २७, शहीद मेमोरियल हस्पिटल २७, विपी स्मृति हस्पिटल २७, नेपाल भारत मैत्री हस्पिटललाई २७ भाइल वितरण गरिएको छ । २०० भाइल सिधै बिरामीलाई उपलब्ध गराइएको छ ।

सो औषधिको एमआरपी मूल्य ५ हजार १ सय भएको र बिरामीले ४ हजार ९ सयमा प्राप्त गरेको वरिष्ठ औषधि व्यवस्थापक केसीले जानकारी दिनुभयो ।

आज वितरण गरिएको रेम्डिसिभिर औषधि व्याक्सिमो फर्मास्युटिकल्स प्रा.लि. बंगलादेशको हाम्रो मेडि कन्सर्न प्रा.लि. ले आपुर्ति गरेको हो । भोलि पनि बंगलादेशकै इन्सेप्टा कम्पनिको ४ हजार भाइल रेम्डिसिभिर औषधि भित्रिने केसीले जानकारी दिनुभयो ।

दुइचार दिनमा रेम्डिसिभिर औषधि पर्याप्त उपलब्ध हुने उहाँको भनाई छ । औषधि व्यवस्था विभागले १ लाख ३० हजार भाइल भन्दा बढी रेम्डिसिभिर औषधि आपुर्तिका लागि विभिन्न आयातकर्तालाई अनुमति प्रदान गरेको छ । सो औषधि एक महिना भित्र सबै नेपाल आइपुग्ने केसीले बताउनुभयो ।

भारतबाट निर्यात प्रतिबन्ध भएका कारण रेम्डिसिभिर औषधि आपुर्तिमा असहज भएको थियो । अहिले बंगलादेशको हेल्थकेयर, एसिआइ, इन्सेप्टा, बेकोन र व्याक्सिमो फर्मास्युटिकल्सका उत्पादन आपुर्तिका लागि विभागले स्वीकृति प्रदान गरेको छ ।

Distribution-List-Format

प्रतिक्रिया दिनुहोस्