नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला बानिरा गिरीको हृदयघातका कारण निधन
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाली साहित्यमा पिएचडी गर्ने पहिलो महिला स्रष्टा डा. बानिरा गिरीको निधन भएको छ । उहाँको हृदयघातका कारण निधन भएको हो ।
परिवारका अनुसार २० दिन अघि कोभिड संक्रमण भएको बानिरालाई हृदयघात भएपछि नयाँवानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको थियो । उहाँको आइतबार राति १० बजे निधन भएको हो । ७५ वर्षिय गिरी अल्जाइमर रोगबाट पनि पीडित हुनुहुन्थ्यो ।
उहाँको ‘एउटा जिउँदो जङ्गबहादुर’, ‘जीवनः थामहरू’, ‘शब्दातीत शान्तनु’ र ‘काठमाडौं काठमाडौं’ कविता संग्रह, ‘कारागार’, ‘निर्बन्ध’ उपन्यास, ‘मेरो आविस्कार’ आत्मकथा, ‘रोकिनेले आकार दिन सक्दैन’ यात्रा संस्मरण र ‘पर्वतको अर्को नाम’ तथा ‘पार्वती र जंगल जंगल’ निबन्ध प्रकाशित छन् ।