Logo
|
Wednesday 24th April 2024
Logo

epaper

स्वास्थ्यकर्मी र जनप्रतिनिधि औषधि लिएर सङ्क्रमितका घरघरमा



जनस्वास्थ्य सरोकार, धनगढी । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाको सङ्क्रमण बढ्न थालेपछि कैलालीको कैलारी गाउँपालिकाले अहिले गाउँ–गाउँ पुगेर होम आइसोलेसनमा बसिरहेका सङ्क्रमितहरूलाई औषधि वितरण गरिरहेको छ ।

सङ्क्रमण बढेपछि गाउँपालिकाले गाउँ–गाउँमा स्वास्थ्यकर्मी खटाएर सङ्क्रमितलाई लक्षण अनुसार विभिन्न औषधि निःशुल्क रूपमा प्रदान गर्दै आएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी बताउनुभयो ।

‘स्वास्थ्यकर्मीसँगै हामीले जनप्रतिनिधिलाई पनि पठाउने गरेका छौ’- चौधरीले भन्नुभयो । सङ्क्रमण देखिएकाहरू बाहेक कोरोनाका लक्षण देखिएका बिरामीहरू पनि स्थानीय मेडिकलमा टाइफाइड भन्दै औषधि लिन जान थालेपछि अझै चिन्ता थपिएको उहाँको भनाइ छ । चौधरीले भन्नुभयो-‘अहिले ‘गाउँपालिकाले औषधि दिन थालेपछि बिरामीहरू स्थानीय मेडिकलमा जाने र जथाभाबी एन्टिबायोटिक औषधि लिएर खाने क्रम धेरै हदसम्म घटेको छ ।’

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जथाभावी औषधि किनेर नखान आग्रह गरिएको बताउनुभयो ।

गाउँपालिकाको कार्यालयले एन्टिजेन विधिबाट गाउँपालिकामै परीक्षण गर्नुका साथै पिसिआर परीक्षणका लागि हप्तामा दुई दिन स्वाब सङ्कलन गर्दै आएको सापकोटाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्