Logo
|
Friday 26th April 2024
Logo

epaper

मनकारी सर्जिकल व्यवसायीहरुको विशेष सहयोगमा एचडियूसहित २५ वेडको कोभिड—१९ आइसोलेसन सेन्टर निःशुल्क सञ्चालन



जनस्वास्थ्य सरोकार, काठमाडौं । केमिकल एण्ड सर्जिकल सप्लायर्स एसोसिएसन अफ नेपाल (केमसान) सँग आवद्ध मनकारी व्यवसायीहरुको विशेष सहयोगमा काठमाडौं महानगरपालिका वडानम्बर ३० स्थित जनता स्वास्थ्य केन्द्रमा ५ वटा एचडियू र २० वटा अक्सिजनसहितको २५ वेडको कोभिड—१९ आइसोलेसन सेन्टर आजदेखि निःशुल्क सञ्चालनमा ल्याइएको छ ।

सांसदको कार्यालय काठमाडौं क्षेत्र नं. ४ सँगको समन्वयमा केमसानले सो सेन्टर सञ्चालनमा ल्याएको हो ।

आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई लक्षित गरेर सो कोभिड १९ आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको र यसको व्यवस्थापन वडा नम्बर ३० को कार्यालयले हेर्ने केमसानका अध्यक्ष सुरेश घिमिरे जानकारी दिनुभयो ।


आइसोलेसन सेन्टर सञ्चालनका लागि केमसान आवद्ध व्यवसायीहरुमध्ये कतिले वेडलगायतका सामाग्री सहयोग गरेका छन् भने कतिले नगद सहयोग गरेका छन् ।


यसमा केमसानका अध्यक्ष एवं व्यवसायी सुरेश घिमिरे, व्यवसायी उमेश शर्मा, धिरज थपलीया, विशाल पण्डित, सिताराम कार्की, शैलेश कँडेल, भक्त हमाल, विनोद मानन्धर, विनित तुल्स्यान, पोष्टराज ज्ञवाली, उमेश अग्रवाल, रामीन्द्र न्यौपाने, यज्ञ भण्डारी, आर.एस. भण्डारी, पियूस गोयंका, गणेश सापकोटा, जय श्रेष्ठ, गोपाल गुप्ता,विश्वास अधिकारी, विजय महर्जन, कुलबहादुर कार्की, मणि न्यौपाने, मुकुन्द गौतम, दिपक तिब्रेवाल, सिपी सुवेदी, सुमन श्रेष्ठ, उमेश अग्रवाल लगायत मनकारी केमसानका अन्य सदस्यहरुको विशेष सहयोग रहेको छ ।


मुख्य योगदान केमसान गरेको भएपनि यस सेन्टरको साझेदारी संस्थाहरुमा क्रिष्टल डायग्नोष्टिक , क्षमादेवी ग्रुपलगायत रहेका छन् । सो अवसरमा कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाकोसमेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्