Logo
|
Thursday 25th April 2024
Logo

epaper

देशभर ७४२५ जना नयाँ संक्रमित थपिए, ७१३५ जना निको, १८५ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट १९ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार २२० जनामा र ६०७ जनाको एन्टिजेन परीक्षण गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । कुल संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा १८५ जना कोरोना संक्रमितको निधन भएको छ । यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या ६ हजार ५३१ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी सोहि अवधिमा ७ हजार १३५ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । यो सँगै हालसम्म कोरोनामुक्त हुनेहरुको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।
देशभर ९ सय २४ जना क्वारेन्टीनमा छन ।

प्रतिक्रिया दिनुहोस्