Logo
|
Thursday 25th April 2024
Logo

epaper

रोटरी क्लव अफ बर्दियाले दियो अस्पताललाई स्वास्थ्य सामग्री

सहयोगी मनहरुप्रति आभार व्यक्त



जनस्वास्थ्य सरोकार, बारबर्दिया । रोटरी क्लव अफ बर्दियाले जिल्लाको बार बर्दिया नगरपालिकामा रहेको आर.सी. थारु नगर अस्पताललाई कोभिड—१९ उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

कोरोना रोकथाम, नियन्त्रण र ब्यबस्थापनका लागि क्लवले दाताहरुको सहयोगमा अक्सीमिटर १ थान, अक्सिजन कन्सन्टेटर २ थान, सिनिटाईजर ५ लिटर, सर्जिकल ग्लोव ५० जोडा, एन नाईटी फाईब मास्क ८८ थान र सर्जिकल मास्क १ सय थान उपलब्ध गराएको हो ।

रोटरी क्लब अफ बर्दियाका अध्यक्ष शुभमान श्रेष्ठ, सुधान्सु शर्मा, रम्मापुरका स्थानीय समाजसेवी पतिराम थारु, स्थानीय समाजसेवी रम्मापुरका युवा तिर्थ पौडेलको सक्रियतामा संकलित सामाग्री बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु, नगर उप्रमुख अञ्जु दहित, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, आर.सी. थारु नगरअस्पतालका अध्यक्ष भागिराम चौधरी, मे.सु. डाक्टर रोसन सापकोटा लगायतलाई एकमुस्ट रुपमा हस्तान्तरण गरिएको थियो ।


रोटरी क्लव अफ बर्दियाका अध्यक्ष शुभमान श्रेष्ठले सहयोगी मनहरुप्रति आभार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्