Logo
|
Friday 26th April 2024
Logo

epaper

मन्त्रिपरिषद् निर्णयः सीसीएमसीको प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा



जनस्वास्थ्य सरोकार काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुखमा नियुक्त गरिएको छ ।

हिजो साँझ (जेठ १० गते) बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो । शर्माले कोरोना संक्रमण नियन्त्रणको योजना बनाउनेदेखि सरकारबाट अनुमोदन भएका योजनाहरु कार्यान्वयन गर्ने तथा प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको सदस्य सचिवको जिम्मेवारी सम्हाल्नुपर्ने छ । यसअघि निर्देशक समितिको प्रमुखमा उपप्रधानमन्त्री ईश्वर पोखरेल हुनुहुन्थ्यो ।

हालै पोखरेललाई सो जिम्मेवारीबाट अलग गरेर प्रधानमन्त्री केपी शर्मा ओली आफैंले निर्देशक समितिको नेतृत्व गर्दै आउनुभएको छ ।
निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य रहेका छन् ।
पूर्वरथी शर्माले नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएरसमेत काम गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्