Logo
|
Saturday 18th January 2025
Logo

epaper

भ्रामक समाचारप्रति बिएण्डसी मेडिकल कलेजको खण्डन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले बिएण्डसी अस्पतालको नामसंग जोडिएर आएका समाचारप्रति गम्भिर आपत्ति जनाएको छ ।

अस्पताल तथा प्रधानमन्त्रीको नामसम्म जोडिएर अनावश्यक रुपमा लगाएका भ्रामक, कपोकल्पित, असत्य र झुठा अनर्गल आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको र अस्पतालले त्यस्ता समाचारको घोर भत्सर्ना एवम् निन्दा गर्ने जनाएको हो ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले मंगलबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधिहरु अतिरञ्जितबाहेक अन्य केहि नभएको स्पष्ट पार्नुभयो । उहाँले अस्पातलका सम्बन्धमा डा. गोविन्द केसी र उहाँका समर्थकले लगाएको आरोपप्रति कुनै सत्यता नरहेको दाबी गर्नुभएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ-‘कोभिड १९ महामारीले नेपाल र नेपालीलाई आक्रान्त पारेको यस विकराल अवस्थामा नेपाली जनताको जीवनरक्षामा दिन रात नभनी स्वास्थ्य उपचारमा सर्मपित यस संस्था र मुलुकका सम्माननिय प्रधानमन्त्रीज्युउपर निजद्धारा सम्बन्धीत भूमिमा बसेर लगाइएका यस किसिमका भ्रामक तथ्यहिन, झुटा र नित्कृष्ठ गालीगलौच तथा आरोप आक्षमको घोर निन्दा र भत्सर्ना गर्दछौँ’

प्रतिक्रिया दिनुहोस्