Logo
|
Wednesday 1st May 2024
Logo

epaper

भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, दोषीलाई तत्काल कारबाही गर्नुपर्ने माग



जनस्वास्थ्य सरोकार, काठमाडौं । भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । बिहीबार राति चिकित्सकमाथि गरिएको आक्रमणमा संलग्न समूहमाथि कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् ।

चिकित्सक र नर्समाथि आक्रमण भएको १२ घण्टा बितिसक्दा पनि दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै स्वास्थ्यकर्मीहरु शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएको भेरी अस्पतालका प्रमुख फिजिसियन कन्सल्टेन्ट डा. राजन पाण्डेले जनकारी दिनुुभयो ।

दाङका एकजना संक्रमितको उपचारको क्रममा बिहीबार राति मृत्युपछि उनको आफन्तले चिकित्सक तथा नर्सहरुमाथि सांघातिक हमला गरेका थिए ।

कोभिड कक्षमा तोडफोड गर्दै ज्यान मार्ने शैलीमा आक्रमण गर्न थालेपछि चिकित्सक तथा नर्ससहित ४ जनाले एकतला माथिबाट हामफालेर ज्यान बचाएका थिए ।

चिकित्सकहरुको प्रदर्शनका कारण अस्पतालमा कोभिडका नयाँ बिरामीहरु भर्ना हुन सकेका छैनन् । अस्पतालमा उपचाररत बिरामीलाई भने सीमित चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालका कर्मचारी युनियनका अध्यक्ष होमनाथ सुवेदीले बताउनुभयो ।

बिरामीलाई बचाउने चिकित्सकहरुको मुख्य दायित्व भएको भन्दै उनले दोषीलाई तत्काल कारबाही नभएसम्म नयाँ बिरामी भर्नामा भने अवरोध गर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्