Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

अनुहार हेरेर रोगको पहिचान !!! कुन अंगले के को संकेत गर्छ ? पढ्नुस त



जनस्वास्थ्य सरोकार, काठमाडौं । हाम्रो अनुहार एक ऐना हो । अनुहार हेरेर बिरामीको लक्षण सफासँग देख्न सकिन्छ । त्यसैले कस्तो प्रकारको बिरामी हो भन्ने कुरा पहिचान गर्न जरुरी छ । अनुहार हेरेर रोगको पहिचान गर्न सकिन्छ ।

नाक

नाकको छालाको पाप्रा निस्कने, नाकबाट फोहोर निस्कने, नाकको छिद्राको दुबैतर्फको छाला संक्रमण हुने गर्छ । यस्तो एक प्रकारको छालाको रोग “सिबोरिक डर्मेटाइटिस”को कारण हुन्छ । यो एक प्रकारको फंगल इन्फेक्सन हो । एन्टी फंगल क्रिमको प्रयोग गर्नाले यो ठिक हुन्छ । यदि परेलामा चाया जमेको अवस्थामा यसलाई नङले नकोट्याउनुहोला । माइल्ड बेबी सेम्पूलाई थोरै पानीमा घोलेर भिजाएको नरकम कपडाले परेलाको चायाँमा विस्तारै रगडेर पुछ्ने । यो समस्या तनावका कारण बढ्दछ । त्यसैले कुनै कुराको पनि तनाव लिन हुँदैन । नियमित शारीरिक अभ्यास र मेडिटेसन गर्नाले तनाव धेरै हदसम्म कम गर्न सकिन्छ ।

जीब्रो

चिकित्सकले जाँच गर्दाको समयमा सबैभन्दा पहिला जीब्रोका अनुगमन गर्दछन् । यसबाट स्वास्थ्यको सही जानकारी मिल्नसक्छ ।

सेतो टिकटिकाई भएको जीब्रो—यस्तो हुनुको अनेक कारण हुनसक्छन । जस्तो— ओरल डिजीज ( मुखको रोग), डिहाइड्रेशन, लो इम्यूनोसिस्टम, पाचनतन्त्रमा गडबडी, मृगौलासम्बन्धि समस्या आदि । यस्तो जीब्रोबाट गन्हाउने सास निस्कन्छ । यस प्रकारको समस्या ब्याक्टेरियाका कारण हुनेगर्छ । दैनिक ७–८ गिलास पानी पिउने । यसले गर्दा डिहाइड्रेसन पुन पाउँदैन र जीब्रोपनि फ्रेस रहन्छ । सधैँ बिहान दाँत ब्रस गर्दा जीब्रो पनि सफा गर्ने । यसको लागि नरम टुथब्रसको प्रयोग गर्ने । यसले जीब्रोमा सेतो काइ वा टिकटिक जम्न पाउँदैन ।

पहेँलो जीब्रो —यस किसिमको समस्या एनिमियाका कारण हुनेगर्छ । त्यसैले चिकित्सकलाई देखाएर रक्त परीक्षण गराउनुपर्छ । एनिमिया पत्ता लागेको अवस्थामा उपचार गराउन भूल्नुहुँदैन । हरियो सागसब्जी, ड्राइफूट्स एवं डाक्टरको सल्लाह लिएर आयरनको गोली खानुपर्छ ।

दाग भएको रातो जीब्रो—जीब्रोमा दाग र जीब्रो रातो देखिने समस्या भिटामीन बी को कमीले हुनसक्छ । आफ्नो दैनिक खानामा धेरै इम्यून वुस्टिंग सुपर फूड्स सामेल गर्नुपर्छ । जस्तो–ब्लू बेरीज, ब्रोकाउली, बिट रुट, हरियो सागसब्जी, अदुवा, लसुन आदि । यदि समस्या धेरै गम्भीर भएमा डाक्टरलाई देखाउने र उनको सल्लाह अनुसार रक्तपरीक्षण गराउने । यसबाट संभावित रोगको पत्ता लाग्दछ ।

ओठ

फुटेको ओठ— ड्राई स्किन भएका ब्यक्तिहरुमा यस किसिमको समस्या देखिन्छ । मधुमेह र एनिमियाका कारण पनि यस किसिमको समस्या देखिन्छ । यस किसिमको समस्यामा भिटामीन ए, बी, सी र ई पाइने खाद्यपदार्थ खानुपर्छ । ओठमा सधै लिपगार्ड लगाउनुपर्छ यसले घामबाट पनि बचाउँछ र ओठ ड्राई हुन पाउँदैन । यसका साथै धेरै पानी पिउनुपर्छ । यदि मुखको रोगको समस्या भएमा चिकित्सकको सल्लाहमा एन्टिफंगल उपचार गर्नुपर्छ । मधुमेहको लक्षण जस्तो—धेरै प्यास लाग्नु, पटकपटक पिसाब आउनु, अचानक भोक लाग्ने आदि समस्या देखिएमा चिकित्सकको सल्लाहमा युरीन र रक्त परीक्षण गराएर उपचार गर्ने ।

सुन्निएको ओठ— कतिपय व्यक्ति केही खाने चिजहरुमा संवेदनशील हुने गर्छन् । जस्तो—अण्डा, बदाम, माछा वा अन्य खाद्यपदार्थ । यस्ता चिजको सेवनबाट उनीहरुलाई एलर्जी भई ओठ सुन्निनसक्छ । यसका लागि सबैभन्दा पहिला आफूलाई के को उपभोगले एलर्जी भएको हो भन्ने पत्ता लगाउने र त्यसलाई नखाने आदि । यदि एलर्जिक रियाक्सन भएमा चिकित्सकको सल्लाहमा एन्टी हिस्टेमाईल टयाब्लेट्स लिने र यसलाई सधैँ आफ्नो साथमा राख्ने गर्नुपर्छ । यसका साथै एलर्जी स्पेशलिस्टको सल्लाह लिने र टेस्ट गराउनुपर्छ ।

पहेँलो वा निलो ओठ

रगतमा अक्सिजनको कमी भएपछि ओठ पहेँलो वा निलो हुन्छ । यसको प्रमुख कारण अघात, हार्ट वा ब्रिदिङ प्रोब्लम्स (श्वास लिनमा समस्या) हो । यस प्रकारको परिस्थितिमा ढिला नगरी चिकित्सकसँग जाँच गराउनुपर्छ ।

आँखा

युवाहरुको आँखामा सेतो घेरा हुनु भनेको कोलेस्ट्रोलको मात्रा बढेको भन्ने जनाउँछ । ५० वर्षको उमेरमा यस्तो लक्षण कोलेस्ट्रोल बढेर हैन फ्याट जम्मा भएर हुन्छ । यो हानीकारक हँुदैन र उपचारको आवश्यकता पनि पर्दैन । रगतमा बढेको कोलेस्ट्रोलका कारण कतिपय व्यक्तिको आँखाको चारैतिरको छाला सेतो र पहेँलो गाढा हुनसक्छ । ६० वर्षभन्दा कम उमेरका व्यक्तिहरुले आफ्नो शरीरमा कालेस्ट्रोलको मात्रा कति छ ? भनेर परीक्षण गराउनुपर्छ । जीवनशैलीमा परिवर्तन ल्याएर शरीरमा बढ्दै गएको कोलेस्ट्रोललाई नियनत्रणमा राख्न सकिन्छ । यसका साथै तारेको र भुटेको खानको प्रयोग गर्न हुँदैन । सन्तुलित खाना खानुपर्छ । यो अन्तर्गत फलफूल सागसब्जी आदि पर्छन् । यसको साथै नियमित व्यायाम गर्नाले स्वस्थ रहन मद्दत मिल्छ ।

आँखा रातो हुने— आँखाको संक्रमण जस्तो— कन्जक्टिवाइटिस (आँखापाक्नु) का कारण पनि आँखा रातो हुन्छ । एलर्जी , अल्कोहलको धेरै सेवन, कम्प्यूटर स्क्रिनमा धेरै बेर काम गर्ने आदि कारणले गर्दा आँखा रातो हुनसक्छ । एलर्जीका कारण भएको रातो आँखामा टीयर ड्रप्स राख्नाले सित्तल र ठिक हुन्छ । अन्य समस्याले भएमा डाक्टरको सल्लाह लिनुपर्छ । आँखा दुःखेमा र हेर्न कठिनाई भएमा तुरुन्त चिकित्सकसँग जँचाउनुपर्छ ।

This image has an empty alt attribute; its file name is AdobeStock_73369625-768x560.jpeg

आँखाको पुतली (प्यूपिल) मा सेतो दाग— यस्तो अवस्थामा आँखा विशेषज्ञसँग आँखा जाँच गराउनुपर्छ । गर्मीको समयमा गगल्र्स लगाउने । यसले सूर्यको हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट बचाउँछ । यसका साथै स्वस्थ खाना खानुपर्छ । धुम्रपान नगर्ने किनभने धुम्रपान गर्नाले प्रि—रेडिकल्स को उत्पति हुन्छ । यसको शरीरका लागि आवश्यक भिटामिन्स र मिनरल्सलाई प्रभावित बनाउँछ ।

पहेँलो परेला (पेल आइलिड्रस)

यस किसिमको समस्यामा एनिमियाको प्रमुख लक्षण मानिन्छ । यो आइरनको कमीले हुन्छ । यसमा जीब्रो पनि पहेँलो हुन्छ । यस्तो समस्यामा दिनभरी थकाइ महसुस हुने, श्वास फुल्ने, धड्कन बढ्ने आदि हुन्छ । यसलाई वेवास्ता गर्न हुँदैन । भिटामीन बी १२ अर्थात फोलिक एसिडको कमी आन्तरिक रक्तश्राव, बोन मैरो समस्याका कारण पनि हुनसक्छ । डाक्टरको सल्लाह लिएर रक्तपरीक्षण गराउनुपर्छ । दैनिक खानामा आयरनयुक्त भोजन, हरीया सागसब्जी, ड्राइ फूड्स आदिको प्रयोग गर्नाले यस किसिमको समस्या न्यूनिकरणमा मद्दत मिल्छ । यसका साथै भिटामिन सी भएका खाद्य पदार्थहरु जस्तो—कागति, सुन्तलाा आदिको सेवन गर्ने । खाना खाएपछि चिया वा कफि नपिउने किनकी यसले पिनाल्स आएरनको अवशोषण रोक्दछ ।

सुन्निएको आँखा—यो ओभर एक्टिभ थायरोयडको समस्याका कारण हुनसक्दछ । रक्त परीक्षण गराएर एकिन गर्ने । स्वस्थ खाना खानुपर्छ । घामबाट बच्ने र आँखाको रक्षाको लागि सन ग्लास लगाउने आदि ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्