Logo
|
Friday 26th April 2024
Logo

epaper

एकैदिन ९८४१ जना कोरोना संक्रमणमुक्त, ६९५१ जनामा संक्रमण, ९६ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर ६ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट जनाको १९ हजार ३१३ पीसीआर परीक्षण गर्दा ६ हजार ८५५ जनामा र ७९७ जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ पुगेको छ । कुल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा ९६ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी सोहि अवधिमा ९ हजार ८४१ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । देशभर ८ सय ९ जना क्वारेन्टीनमा छन ।

प्रतिक्रिया दिनुहोस्