Logo
|
Thursday 28th March 2024
Logo

epaper

दुर्गा प्रसाईंले उज्वल थापाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको सम्पूर्ण उपचार खर्च बी एण्ड सी मेडिकल कलेज एण्ड शिक्षण अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले व्यहोेर्ने निर्णय गर्नुभएको छ । ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारत थापाको उपचारमा लागेको खर्च आफूले व्यहोर्ने विज्ञप्तिमार्फत जानकारी दिनुभएको हो ।


कोभिड १९ संक्रमित थापाको स्वास्थ्यवस्था गम्भीर बन्दै गएको र उहाँको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न थालिएका समाचार प्रकाशित भएपछि प्रसाईंले समाजिक उत्तरदायित्वअन्तर्गत उपचार खर्चको अभावमा कुनै पनि नेपाली नागरिकले अकालमा मर्न नपरोस् भनेर सहयोग गर्न लागेको जानकारी गराउनुभएको छ ।


जनताले गणतन्त्र स्थापनाका लागि गरेको आन्दोलनको भावना र शहीदको सपनाको बाटोमा मुलुकलाई अगाडि बढाउन प्रेरणा प्राप्त हुनसकोस् भन्ने गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै प्रसाईंले उपचाररत थापाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्