स्वास्थ्य मन्त्रालयको बजेटमा भारी वृद्धि, १ खर्ब २२ अर्ब ७७ करोड बिनियोजन
१ सय शैया भन्दा बढीका अस्पताललाई अक्सिजन प्लान्टमा सहयोग गर्ने
जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले आ.व.२०७८/२०७९ मा स्वास्थ्य मन्त्रालयको बजेटमा भारी वृद्धि गरेको छ । यस वर्ष मन्त्रालयको बजेटमा १ खर्ब २२ अर्ब ७७ करोड रूपियाँ विनियोजन गरेको छ । जबकि गत आ.व.२०७७/२०७८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९० अर्ब ६९ करोड छुट्याइएको थियो ।
सरकारले कोरोना भाइरस (कोभिड १९) महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपियाँ विनियोजन गरेको छ ।
यसैगरी खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपियाँ विनियोजन गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो रकम सार्वजनिक गर्नुभएको हो ।
जवकी गत आ.व.२०७७/२०७८ मा कोरोनाभाइरस नियन्त्रणका लागि ६ अर्ब रुपैयाँ छुट्याइएको थियो ।
यसैगरी अक्सिजन उद्योगलाई सहुलियत, कोभिड उपचार उपकरण खरिदका लागि ४ अर्ब विनियोजन गरिएको छ । कोभिड उपचारका लागि अक्सिजन प्लाण्ट लगायत आवश्यक पर्ने सम्पुर्ण कामका लागि आवश्यक बजेट व्यवस्था गरिएको हो ।
१ सय शैया भन्दा बढी अस्पतालमा आफ्नै अक्सिजन प्लाण्ट स्थापनाका लागि सरकारले सहयोग गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले कोभिड उपचारका लागि अक्सिजन प्लाण्ट लगायत आवश्यक पर्ने सम्पुर्ण कामका लागि आजश्यक बजेट व्यवस्था गरिएको बताउनुभयो ।
सम्पूर्ण बजेटको आकार करिब १६ खर्ब रुपियाँको रहेको छ ।