Logo
|
Saturday 27th April 2024
Logo

epaper

संक्रमितभन्दा कोरोना जित्ने बढी, शनिबार ६०८० ले जिते, ११६ ले हारे, ४,४८७ संक्रमित



जनस्वास्थ्य सरोकार, काटमाडौं । शनिबार मुलुकमा ६ हजार ८० जनाले कोरोना भाइरस (कोभिड–१९) जितेका छन् । यो सँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख ३४ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार ११६ जनाको मृत्यु भएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या ७ हजार १६३ पुगेको छ ।

२४ घण्टाको बीचमा १४ हजार ६ जनाको पीसीआर र ७४६ जनाको एन्टिजेन परीक्षण गर्दा चार हजार ४८७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी गराएको छ । यो सँगै कोभिड संक्रमितको संख्या पाँच लाख ५३ हजार ४२२ पुगेको छ ।अहिले सक्रिय संक्रमितको संख्या भने एक लाख ११ हजार ५०९ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्