Logo
|
Wednesday 24th April 2024
Logo

epaper

बढ्दो संक्रमणमुक्त घट्दो संक्रमणदर, ४३६९ जना थपिए, ६२०५ जना निको, १०९ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट १० हजार ९८६ जनाको नमुना परीक्षण गर्दा ३ हजार ७०२ र एन्टिजेन विधिबाट १ हजार ७८४ जनाको परीक्षण गर्दा ६ सय ६७ जनामा कोरोना पुष्टि भएको हो ।

देशभर एक लाख ८ हजार ८९७  जना संक्रमित रहेका छन्। तीमध्ये ७ हजार ५६३ जना संस्थागत र एक लाख १ हजार ३३४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १७१ जना कोभिड संक्रमित थपिएका छन् ।

देभभर ७६३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

सोहि अवधिमा ६ हजार २०५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप १०९ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्