Logo
|
Saturday 18th January 2025
Logo

epaper

सुर्ति तथा सुर्तिजन्य पदार्थ छोड्न किन जरुरी छ ?

'सुर्ति तथा सुर्तिजन्य पदार्थको सेवन छोड्ने यस वर्षको अभियान छ'



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चुरोट सेवनका कारण वर्षेनी ८० लाख व्यक्तिको मृत्यु हुने विश्व स्वास्थ्य संगठनले बताएको छ । ‘छोड्ने वाचाः छोड्नेहरुकै जीत’ भन्ने मुल नाराका साथ आज विश्व धुम्रपानरहीत दिवस मनाइँदैछ । हरेक वर्ष मे ३१ मा विश्व धुम्रपानरहित दिवस मनाउने गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वमा १ अर्ब ३० करोड सूर्ति तथा सुर्तिजन्य पदार्थको सेवनकर्तामध्ये ७० प्रतिशत भन्दा बढी सेवन सजिलै हटाउन सकिन्छ । तर यसमा पहुँच र उपकरणको अभाव छ ।


अहिलेको कोभिड १९ महामारीले लाखौ सूर्तिसेवनकर्ताहलाई सुर्ति तथा सुर्तिजन्य पदार्थ छोड्न आग्रह गरिरहेको छ । आजै बाट सूर्तिजन्य पदार्थको सेवन छोड्ने वाचासहितको प्रतिज्ञामा हस्ताक्षर गर्न विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।

पछिल्लो ३ दशमा २० करोड भन्दा बढीको धुम्रपानका कारण मृत्यु भएको उल्लेख गर्दै धुम्रपानका कारण वार्षिक आर्थिक लागत १ खर्ब अमेरिकी डलर भएको र ६ वटा नसर्ने रोग सम्बन्धि मृत्युमध्ये एक सुर्ति तथा सुर्तिजन्य पदार्थको सेवनका कारण हुने गरेको ल्यानसेटको अध्ययनले देखाएको छ ।

विश्व स्वास्थ्य संगठनको सुझाव

सबै धुम्रपान गर्ने व्यक्तिहरुले धुम्रपान छोड्दा अल्पकालीन र दीर्घकालीन स्वास्थ्यमा के फाइदा पुग्छ ?

  • २० मिनेटभित्र तपाईंको मुटुको दर र रक्तचाप ड्रप हुन्छ ।
  • १२ घण्टामा तपाईको रगतको कार्बन मोनोअक्साइडको स्तर सामान्य हुन्छ ।
  • २ देखि १२ हप्तामा तपाईंको रक्तसंचारमा सुधार आउँछ र फोक्सोको कार्यक्षमता बढ्छ ।
  • १ देखि ९ महिनामा खोकी र सास फेर्न भएको कठिनाइ कम हुन्छ ।
  • १ वर्षमा कोरोनरी मुटुरोगको जोखिम धुम्रपान गर्ने व्यक्तिको तुलनामा लगभग आधा हुन्छ ।
  • पाँच वर्षमा धुम्रपान छोड्ने व्यक्तिको ५ देख १५ वर्षपछि स्ट्रोकको जोखिम कम हुन्छ ।
  • १० वर्षमा तपाईंको फोक्सोको क्यान्सरको जोखिम धुम्रपान गर्नेको तुलनामा लगभग आधा हुन्छ र तपाइको मुख, घाँटी, अन्ननली, मुत्राशय, पाठेघर र प्याँक्रियाजको क्यान्सर खतरा कम हुन्छ ।

सबै उमेरका व्यक्तिले धुम्रपान छोड्दा कस्तो लाभ हुन्छ ?

  • ३० वर्षको व्यक्तिले लगभग १० को आयु अपेक्षित गर्छ ।
  • ४० वर्षको व्यक्तिले लभग ९ वर्षको आयु अपेक्षित गर्छ ।
  • ५० वर्षको व्यक्तिले ६ वर्षको आयु अपेक्षित गर्छ ।
  • ६० वर्षको व्यक्तिले ३ वर्षको आयु अपेक्षित गर्छ ।

प्रतिक्रिया दिनुहोस्