Logo
|
Thursday 25th April 2024
Logo

epaper

घट्दो संक्रमण बढ्दो संक्रमणमुक्त, ४७६२ थपिए, ६४९१ निको, ११४ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर ४ हजार ७६२ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट जनाको १५ हजार ४५५ पीसीआर परीक्षण गर्दा ४ हजार १७८जनामा र २ हजार ४२५ जनाको एन्टिजेन परीक्षण गर्दा ५८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० पुगेको छ । कुल संक्रमितको संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा ११४ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी सोहि अवधिमा ६ हजार ४९१ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । देशभर ६८९ जना क्वारेन्टीनमा छन ।

प्रतिक्रिया दिनुहोस्