Logo
|
Thursday 25th April 2024
Logo

epaper

विश्व स्वास्थ्य संगठनले दियो कोरोना भाइरसका भेरियन्टलाई नयाँ नाम: ‘अल्फा, बिटा, गामा, डेल्टा’



जनस्वास्थ्य सरोकार । विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले विभिन्न देशमा देखिएका कोरोना भाइरसका भेरियन्टलाई नयाँ नाम दिएको छ ।

नयाँ प्रजातिको वैज्ञानिक नाम उच्चारण गर्न कठिन हुने र जुन देशमा भेटिएको हो त्यही देशको नाममा भेरियन्टको नाम राख्दा विभेदपूर्ण भावना विकसित भएको भन्दै डब्लुएचओले नयाँ नाम राख्ने निर्णय गरेको हो ।

डब्लुएचओले ती भेरियन्टको नामाकरण ग्रिक अल्फाबेट अनुसार गरेको छ । उक्त निर्णयअनुसार अब बेलायतमा भेटिएको भेरियन्टको नाम अल्फा, दक्षिण अफ्रिकाको बिटा, ब्राजिलको गामा र भारतमा भेटिएको भेरियन्टको नाम डेल्टा हुने भएको छ।

अब नयाँ भेरियन्ट भेटिए ग्रिक अल्फाबेटको क्रम अनुसार तिनीहरूको नामाकरण हुँदै जाने डब्लुएचओले जनाएको छ ।

डब्लुएचओका अधिकारीहरूले लामो समयको छलफलपछि ग्रिक अल्फाबेट अनुसार नयाँ भेरियन्टको नाम राख्ने निर्णय गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्