Logo
|
Saturday 20th April 2024
Logo

epaper

कालो ढुसी ‘म्यूकरमाइकोसिस’ बारे जान्नै पर्ने कुराहरु…



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड-१९ संक्रमितको आँखा बिगार्ने घातक कालो ढुसी ‘म्यूकरमाइकोसिस’ को संक्रमण नेपालमा पनि देखिन थालेको छ ।

हालसम्म झन्डै एक दर्जन मानिसमा कालो ढुसीको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामा यो रोग बिरलै देखिए पनि सङ्क्रमण पुष्टि भएकामा गम्भीर र प्राणघातक पनि हुन सक्ने भएकाले सचेत रहन मन्त्रालयले आग्रह गरेको छ ।

कालो ढुसीका सामान्य प्रारम्भिक लक्षणहरु

  • अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने
  • ज्वरो आउने
  • आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने
  • आँखाको ढकनी सुन्निने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने
  • नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने
  • दाँत दुख्ने वा हल्लिने

जोखिम समुह

  • ४५ देखि ६५ उमेर समुह
  • डाइबेटिक वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु
  • धेरै खोल एन्टीबायोटिक वा स्टेरोइड औषधि लामो समयसम्म प्रयोग गर्नेहरु

घरमा आइसोलेशनमा बस्दा अपनाउने सकिने रोकथामका उपायहरु

  • सफा र सुख्खा मास्क प्रयोग गर्ने
  • डिस्पोजल मास्कको फेरि प्रयोग नगर्ने
  • नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
  • व्यक्तिगत स्वच्छतामा ध्यान दिने
  • घरबाहिर वा फोहोरमा काम गर्नुपरेमा डिस्पोजल पन्जाको प्रयोग गर्ने
  • धेरै धुलो वा ओसिलो ठाउँमा नजाने
  • नुनिलो पानीले नाक सफा गर्ने
  • जथाभाबी एन्टिबायोटिकको प्रयोग नगर्न र स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधिको सेवन गर्ने

प्रतिक्रिया दिनुहोस्