Logo
|
Wednesday 8th May 2024
Logo

epaper

काठमाडौँ आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डोज खोप



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीन सरकारले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमानले बेइजिङबाट उक्त परिमाणको खोप काठमाडौँ ल्याइपुर्‍याएको हो । खोप ल्याएको उक्त जहाज दिउँसो १ बजेर ४८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

चीनका राष्ट्रपति सी जिनपिङ्गले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग गएको बुधबार भएको टेलिफोन वार्ताको क्रममा १० लाख मात्रा खोप उपलब्ध गराउने बताउनुभएको थियो । सोही प्रतिवद्धता अन्तर्गतको खोप मंगलबार ल्याइएको हो ।

निगमको जहाज खोप लिन सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको थियो । यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्