Logo
|
Friday 29th March 2024
Logo

epaper

उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गते सम्म लम्बियो

किराना पसल तथा डिपार्टमेन्ट स्टोरहरू बिहान ९ बजेसम्म खोल्न पाइने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ महिनाभर लम्बिने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधवारको बैठकले ३१ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसपटकको लकडाउन भने केही खुकुलो हुने भएको छ ।

१४ गतेबाट गरिएको कडाइलाई केही खुकुलो बनाउँदै किराना पसल तथा डिपार्टमेन्ट स्टोरहरू बिहान ९ बजेसम्म खोल्न दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्