Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

जेष्ठ नागरिकलाई जेठ २५ गतेदेखि खोप, पहिलो डोज लगाएकालाई दोस्रो डोज कहिले ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीन सरकारबाट अनुदानमा प्राप्त भएको कोरोना विरुद्धको भेरोसेल खोप यहि जेठ २५ गते देखि ६० देखि ६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकलाई दिइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सो जानकारी गराउनुभएको हो ।
चीन सरकारल अनुदानमा दिने भनेको १० लाख डोज मध्ये ८ लाख जेठ १८ गते काठमाडौँ ल्याइसकिएको छ ।


खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागज वा वडा कार्यलयले दिएको सिफारिस लिएर तोकिएको खोप केन्द्रमा जान मन्त्रालयले अनुरोध गरेको छ । खोपको वितरण गर्दा दोस्रो मात्राको पनि सुनिश्चितता गरिएको छ ।



मन्त्रालयका अनुसार कोभिड १९ खोप सचिवालय, स्वास्थ्य सेवा विभागबाट तयार पारिएको लक्षित जनसंख्याको तालिका अनुसार केन्द्रले प्रदेश आपूर्ति केन्द्रमा र प्रदेश आपूर्ति केन्द्रले जिल्ला भ्याक्सिन स्टोरहरुमा खोप वितरण र ढुवानी गर्ने छ ।
मित्र राष्ट्र चीनसँग सिमाना जोडिएका जिल्लाहरुका हकमा भने खोपको मौज्दात हेरि १८ वर्ष माथिका नागरिकलाई खोप दिन सक्ने मन्त्रालयले जनाएको छ ।
यस अघि पहिलो डोज कोभिशिल्ड खोप लगाइसकेका जेष्ठ नागरिकका लागि दोस्रो डोज कुन कहिले लगाउने भन्ने बारे अहिले सम्म टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्