Logo
|
Friday 29th March 2024
Logo

epaper

संक्रमित घटे निको हुने बढे, ५३१६ जना थपिए, ७२१९ निको, १०१ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर ५ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट जनाको १३ हजार ८०५ पीसीआर परीक्षण गर्दा ४ हजार ५२४ जनामा र ३ हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा ७९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौ उपत्यकाभित्र भक्तपुरमा १८१, ललितपुरमा ३०६ र काठमाडौँमा ९६९ गरी जम्मा १४ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा १०१ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयका प्रवत्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
त्यसैगरी सोहि अवधिमा ७ हजार २१९ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । देशभर ८ सय ३७ जना क्वारेन्टीनमा छन ।

प्रतिक्रिया दिनुहोस्