Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

देशभरका ८२ अस्पतालमा कोभिड संक्रमितको निःशुल्क उपचार



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले कोभिड–१९ संक्रमितको निःशुल्क उपचारका लागि देशभरका ८२ वटा अस्पतालसँग सम्झौता गरेको छ ।

मुलुकमा कोभिड संक्रमितको संख्या बढेपछि सबै सरकारी अस्पतालबाट कोभिड संक्रमितको निःशुल्क उपचारको व्यवस्था गरिएको थियो भने निजी अस्पतालहरुसँग पनि प्रदेश र पालिकाहरुले सम्झौता गरेका थिए । यही क्रममा अहिले निःशुल्क उपचार गर्ने अस्पतालको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमण पहिचानका लागि पालिकाहरुमार्फत निःशुल्क पीसीआर तथा एन्टिजेन परीक्षणको समेत सरकारले व्यवस्था गरेको छ । नेपालमा अहिले ५६ वटा सरकारी र ३६ निजी गरी ९२ वटा प्रयोगशालाबाट निःशुल्क नमुना परीक्षण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्