Logo
|
Friday 29th March 2024
Logo

epaper

डब्लुएचओले भन्यो ‘नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको अवगत छैन’



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालका काेभिड–१९ (काेराेना भाइरस) काे कुनै नयाँ भेरियन्ट भेटिएकाेबारे जानकारी नभएकाे बताएकाे छ । 

डब्ल्यूएचओकाे नेपालमा रहेकाे कार्यालयले बिहीवार आफ्नाे सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारेमा जानकारी दिएकाे हाे । ‘नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य सङ्गठन अवगत छैन’, फेसबुक पेजमा भनिएकाे छ । 

नेपालमा रहेका भेरियन्टहरू अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) रहेकाे डब्ल्यूएचओले जनाएकाे छ । यस्तै अहिले नेपालमा सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) रहेकाे जानकारी दिइएकाे छ ।  

भारतमा भेटिएको भेरियन्ट ( बी १.६१७.२) लाई डब्ल्यूएचओले ‘डेल्टा’ नाम दिएको छ ।

प्रतिक्रिया दिनुहोस्