Logo
|
Friday 26th April 2024
Logo

epaper

नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ को हुन् ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शेरबहादुर तामाङ नियुक्त भएका छन् । अहिलेका कामचलाउन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिका स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हटाएर तामाङलाई नियुक्त गरेका हुन् ।

तामाङले कानुन मन्त्रालयको जिम्मेवारी पनि सम्हालिसक्नभएको छ ।

उहाँले मानवशास्त्र, समाजशात्र र इतिहास र कानुनमा स्नातकोत्तर गरिसक्नुभएको छ।

२०२५ साल चैत १ गते सिन्धुपाल्चोकको सिन्धुकोटमा जन्मिएका तामाङ स्कुल जीवनदेखि नै तत्कालीन नेकपा माले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध हुनुहुन्थ्यो। उहाँले २०३६ सालमा सरस्वती मावि ग्याल्थुममा तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियु पाँचौको प्रारम्भिक कमिटीमा बसेर राजनीति सुरु गर्नुभएको थियो ।

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर शेरबहादुर तामाङ

तामाङ ०४० सालमा अनेरास्ववियूको जिल्ला अध्यक्ष, २०४१ सालमा सेल कमिटी, २०४२ सालमा पाटीको सहयोग समूह, २०४७ सालमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य हुनुभएको थियो।

२०५१ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सचिव, २०५४ सालमा महासचिव, २०५९ सालमा उपाध्यक्ष भएर काम गरेका तामाङ २०५४ सालमा नेकपा एमाले जिल्ला सचिव बन्नुभयो। २०५९ सालमा नेकपा एमाले बागमती अञ्चल सदस्य बनेका तामाङ अहिले एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ। २०६३ सालमा गुम्बा विकास समिति सदस्य सचिव पनि हुनुहुन्थ्यो ।

गएको प्रतिनिधिसभामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ राप्रपा प्रजातिन्त्रिका अध्यक्ष पशुपति शमशेरलाई पराजित गर्दै उहाँ दोस्रोपटक सांसद बन्नुभएको हो। २०६४ सालको पहिलो संविधानसभामा पराजित भएका तामाङ ०७० सालको दोस्रो संविधानसभा सिन्धुपाल्चोकबाटै निर्वाचित हुुनुभएको थियो ।
उहाँकी श्रीमती उषाकला राई प्रदेश १ बाट सांसद हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्